काठमाडौं-अर्जेन्टिनी कप्तान तथा पिएसजीका खेलाडी लियाेनल मेसीले याे वर्षकाे फिफा बेस्ट प्लेयर अवार्ड जितेका छन् । गएराति अबेर भएकाे अवार्ड वितरण समाराेहमा मेसीले फ्रान्सका एम्बाप्पेलाइ हराउँदै अवार्ड हात पारेका हुन् ।
पेरिसमा भउकाे भव्य समारोहमा उत्कृष्ट अवार्डका विजेताहरूको घोषणा गरिएको थियो । सर्वोत्कृष्ट पुरुष र महिला खेलाडी, गोलकिपर र प्रशिक्षक अवार्डका लागि राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षकहरू, साथै विश्वभरका पत्रकारहरू र फिफाको आधिकारिक वेबसाइटमा प्रशंसकहरूले मतदान गरेका थिए ।
कतार २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताउन प्रेरित गरेका मेस्सीलाइ अत्यधिक मतदान गरिएकाे फिफाले जनाएकाे छ । इङ्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट, जर्मनीका ह्यान्सी फ्लिक र मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुई सबैले मेस्सीलाई फिफाको उत्कृष्ट पुरुष खेलाडीको रूपमा चयन गरेका थिए । त्यसैगरी अर्जेन्टिनी प्रशिक्षक स्काेलानीले उत्कृष्ट प्रशिक्षककाे अवार्ड पाएका छन् ।