×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखरा विमान दुर्घटनाको प्रभावकारी उद्धार गर्न सरकारलाई ओलीको आग्रह

पोखरा विमान दुर्घटनाको प्रभावकारी उद्धार गर्न सरकारलाई ओलीको आग्रह

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा आज बिहान भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेकाको प्रभावकारी उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जहाज दुर्घटनाले आफू दुःखी भएको र उद्धार कार्य प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका हुन् ।

‘काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी छु । दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । दुर्घटनाको प्रभावकारी उद्धारका लागि सरकारसँग आग्रह गर्दछु,’ ओलीले भनेका छन् । 

प्रतिकृया दिनुहोस्