×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हावाहुरीले उडायो विद्यालयको छाना

हावाहुरीले उडायो विद्यालयको छाना

काठमाडाैँ- हावाहुरीले खोटाङको जन्तेढुंगा गाउँपालिका-२ बोपुङस्थित कन्यछाँगा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ चलेको हावाहुरीले साबिकको बोपुङ-४ खरबारीस्थित विद्यालयको तीन कोठे भवनको छाना पूर्णरुपमा उडाएको हो । हावाहुरीले विद्यालयको छाना उडाएर जमिनमा थुपारेको छ । 

छाना उडाएपछि कन्यछाँगा आधारभूत विद्यालयका विद्यार्थी खुला आकाशमुनि बस्न बाध्य बनेका छन् । हाल जन्तेढुंगा गाउँपालिकाका सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । सो विद्यालयका विद्यार्थी भने घाममा बसेर परीक्षा दिन बाध्य बनेका छन् ।

प्रतिकृया दिनुहोस्