×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वैवाहिक जीवनमा बाँधिए अभिनेता सलोन

वैवाहिक जीवनमा बाँधिए अभिनेता सलोन

काठमाडौं- अभिनेता सलोन बस्नेत आज वैवाहिक जीवनमा बाँधिएका छन् । तीन वर्षदेखि प्रेमिका करिश्मा केसीसँग प्रेम सम्बन्धमारहेका उनले आज सोमबार विवाहमा परिणत गर्दै लगनगाँठो कसेका हुन् ।

सलोनकी प्रेमिका करिश्मा पेशाले नेपाल एयरलाइन्सको एयर होस्टेज हुन् । सलोन र करिश्माले एकसाथ ‘यति माया गर्दा पनि’ बोलको म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । सलोनको विवाह समारोह चन्द्रागिरि रिसोर्टमा आयोजना गरिएको छ ।

सलोनको विवाह समारोहमा उनका पारिवारिक सदस्य, आफन्त साथीभाइ र फिल्मकर्मी सहभागी छन् । यतिबेला उनीहरूको चन्द्रागिरि हिल्स रिसोर्टमा विवाह समारोह चलिरहेको छ । सलोनको विवाह भोज भने १४ गते बुधवार राखिएको छ । सलोन अभिनीत फिल्म ‘मिलन’ हलमा प्रदर्शनरत छ ।

प्रतिकृया दिनुहोस्