×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हेटौँडाकाे तरकारी बजारमा आगलागी, आधा दर्जन पसल जलेर नष्ट

हेटौँडाकाे तरकारी बजारमा आगलागी, आधा दर्जन पसल जलेर नष्ट

मकवानपुर- हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१० टिसिएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ । आज बिहीवार टिसिएनको मिना साहको होटलबाट सल्किएको आगो तरकारी बजारमा फैलिएको हो । आगलागीबाट लाखौँ रुपैयाँको सामान जलेर नष्ट भएको छ ।

तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीयवासीकाे सहयोगमा निभाइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । आगलागीबाट यहाँका आधा दर्जनभन्दा धेरै तरकारी पसल जलेर नष्ट भएको छ । 

आगलागी भएपछि बसपार्कभित्र रहेका ग्यासका सिलिन्डर पड्किँदा स्थानीयवासी त्रसित भएका थिए । तरकारी बजार नजिकै रहेको होटलबाट सल्किएको आगो हेटौँडा उपमहानगरपालिकाको दमकल तथा सशस्त्र, जनपथ प्रहरी, स्थानीयवासीकाे सहयाेगमा झन्डै एक घण्टापछि निभाइएकाे हाे । 

हेटौँडाको मुख्य बजार क्षेत्रमा रहेको यस तरकारी बजारमा टिन र काठले बनाइएका पूर्वाधार भएकाले आगाे निभाउन कठिन भएको थियो ।

प्रतिकृया दिनुहोस्