×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

बेलायतले नेपाललाई भ्रमणसम्बन्धी रातोसूचीबाट हटायो

बेलायतले नेपाललाई भ्रमणसम्बन्धी रातोसूचीबाट हटायो

काठमाडौँ- कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले त्यस्तो सूचीबाट नेपाललाई हटाएको छ। अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको हो। यससँगै अझै अन्य सात देश भने रातोसूचीमै छन्। रातोसूचीबाट हटाए पनि यो लागू भने सोमबार अर्थात् यही असोज २५ गतेदेखि लागू हुने कुरा भ्रमणसम्बन्धी गतिविधिअन्तर्गत प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

यसैगरी विश्वका ३७ देशलाई ती देशमा लगाइएका कोभिड खोपलाई समेत मान्यता दिइएको छ। ती देशबाट बेलायत प्रवेश गर्नेले अब क्वारेन्टिन बस्न नपर्ने तर चाहेमा कोरोना परीक्षण डे टु प्याकेज भने प्रयोग गर्न सक्ने जनाइएको छ। बेलायत सरकारले बेलायत भ्रमणमा जानेले कोरोनाका चार प्रकारका खोपमध्ये जुनकुनै लगाएको भए पनि मान्य हुने भनेको छ। त्यसमा अक्सफोर्डरएस्ट्राजेनिका, फाइजर, मोडेर्ना र जोन्सेनलाई राखेको छ।

नेपालबाट बेलायत जाँदा नेपालमा खोप लगाएको प्रमाण पेश गर्नुपर्ने छ। जुनसुकै देशबाट आए पनि खोप लगाएको प्रमाणमध्ये एनएचएस कोभिड पास, इयु डिजिटल कोभिड प्रमाणपत्र, रोग नियन्त्रण तथा रोकथाम शाखाको पूर्जी वा सम्बन्धित देशको स्वास्थ्य मन्त्रालयले प्रदान गरेको खोप लगाएको प्रमाणित गरेको प्रमाणपत्र यीमध्ये कुनै एक भए पुग्ने भनिएको छ। रासस

प्रतिकृया दिनुहोस्