×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

भ्वाइस अफ नेपालको फाइनल समीकरण पूरा, आशिष र रिहान बाहिरिए

भ्वाइस अफ नेपालको फाइनल समीकरण पूरा, आशिष र रिहान बाहिरिए

काठमाडौं - चर्चित रियालिटी शो  ‘द भ्वाइस अफ नेपाल’ सिजन चारमा फाइनलको समीकरण तयार भएको छ । शनिबारको एपिसोडबाट योगेश मगर र करण राई अन्तिम चारमा प्रवेश गर्दा  आशिष महर र रिहान गिरी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । प्रमोद खरेलको समूहबाट योगेश र राजु लामाको समूहबाट करण फाइनल राउण्डमा प्रवेश गरेका हुन् ।


शुक्रबारको सेमिफाइनलमा राजेशपायल राईको समूहबाट सविना लिम्बू र प्रविशा अधिकारीको समूहबाट साहिल लिम्बु फाइनलमा प्रवेश गरिसकेका छन् ।

भ्वाइसको चौंथो सिजन हिमालय टिभीमा प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्