काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले ‘प्रधान मन्त्री राेजगार कार्यक्रम’अन्तर्गत ठूलाे मात्रामा बजेटकाे दुरुपयाेग भइरहेकाे बताएका छन् । शुक्रबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा नेता महतले यस्ताे बताएका हुन् ।
‘सरकारमा जाे आएपनि कुरा मात्रै ठूलाे भयाे,’ कांग्रेस प्रवक्तासमेत रहेका महतले भने, ‘हामीले जहिलेसम्म कर्तव्यनिष्ठ भएर काम गर्दैनाैँ, त्याेबेलासम्म राज्यकाे स्थिति त्यही रहन्छ । प्रधान मन्त्री राेजगार कार्यक्रमअन्तर्गत अरबाैं दुरुपयाेग भइरहेकाे छ । त्यसकाे कुनै लेखाजाेखा हुँदैन । हामीले त्यसबाट कार्यकर्तालाई खुसी पार्ने मात्रै काम गरिरहेका छाैँ । त्याे बालुवामा पानी हालेजस्तै भइरहेकाे छ ।’नेता महतले दलहरूले जसरी भएपनि राज्यकाे ढुकुटी खर्च गरे भयाे भन्ने साेच्ने गरेकाे बताए ।