×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शेयर बजार

बुद्धभूमि नेपालले गर्दै ८ करोडको आइपिओ

बुद्धभूमि नेपालले गर्दै ८ करोडको आइपिओ

काठमाडौँ -सर्वसाधारण लगानीकर्ताहरूका लागि बुद्धभूमि नेपाल हाइड्रोपावरले आगामी असोज ११ गतेदेखि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीले हालैमात्र आयोजना प्रभावित स्थानीय नुवाकोटबासीका लागि चार लाख कित्ता सेयर बाँडफाँड गरेकामा दोस्रो चरणका लागि सर्वसाधारणमा कुल ८ लाख कित्ता सेयर जारी गर्न लागेको हो । आइपिओ प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरका रहेका छन् । 
कम्पनीले कुल ८ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणमा जारी गर्ने जनाएको छ । 

इच्छुक आवेदकले छिटामा सेयर खुल्ला भएको मितिले चार दिन अर्थात् असोज १४ गतेसम्म र ढिलामा असोज २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम् १० कित्तादेखि अधिकतम् ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

प्रतिकृया दिनुहोस्