×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

आज रातिदेखि 'मेरो सेयर’ को सेवा अवरुद्ध हुने

आज रातिदेखि 'मेरो सेयर’ को सेवा अवरुद्ध हुने

काठमाडौं । डिजिटल सेयर कारोबारको अनलाइन प्ल्याटफर्म ‘मेरो सेयर’ को सेवा केहि समयका लागि अवरुद्ध हुने भएको छ । मेरो शेयरमा सेवाग्राहीको चाप बढेसँगै विभिन्न प्राविधिक समस्याहरु देखिएकाले सोको समाधानका लागि आकस्मिक रुपमा थप सर्भरहरु जडान गर्नुपर्ने र सो सर्भर जडान गरि डाटा माइग्रेसन समेत गर्नुपर्ने भएकाले केहीबेर सेवा अवरुद्ध हुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । कम्पनीकाअनुसार सेवा आज राति ८ बजेदेखि केहीबेर अवरुद्ध हुनेछ । 

यद्यपि मेरो सेयरको सेवा अवरुद्ध हुँदा गत मिति २०७७/१२/१६ गते कारोबार भई २०७७/१२/१८ गते राफसाफ तथा फर्छ्यौट हुनुपर्ने कारोबारको ई–डीआईएस प्रविष्टि गर्ने समय २०७७÷१२÷१८ गते बिहान १० बजेसम्म कायम गरिएको कम्पनीले जनाएको छ ।  आफ्नो सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरुमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै कम्पनीले जतिसक्दो छिटो सेवा सुचारु गर्ने जनाएको छ । स्राेत : राताेपाटी 

प्रतिकृया दिनुहोस्