×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चेक रिपब्लिकविरुद्ध पाेर्चुगलकाे शानदार जित

चेक रिपब्लिकविरुद्ध पाेर्चुगलकाे शानदार जित

काठमाडौं- युइएफए नेसन्स लिगअन्तर्गत गएरातिकाे खेलमा पाेर्चुगल विजयी  भएकाे छ । ऊ लिग`ए´अन्तर्गत समूह दुईकाे खेलमा घरेलु टाेली चेक रिपब्लिक विरुद्ध ४–० ले विजयी भएकाे हाे ।

सिनाेबाे स्टेडियममा पार्चुगललाई फराकिलाे जित दिलाउन डिएगो डालाेटले दुई तथा ब्रुनो फर्नान्डेस र डिएगाे जाेटाले एक/ एक गाेल गरे ।

खेलकाे २३ औं मिनेटमा डालाेटकाे गाेलमार्फत पाेर्चुगलले अग्रता लिएकाे थियाे । ​पहिलाे हाफकाे थप गरिएकाे समयमा फर्नान्डेसले टाेलीकाे अग्रता दाेब्बर बनाए । थप गरिएकै समयमा प्याट्रिक सिक पेनाल्टीमा चुक्दा चेक रिपब्लिकले गाेल अन्तर कम गर्ने अवसर गुमाएकाे थियाे ।

५२ औं मिनेटमा डालाेटले व्यक्तिगत दोस्रो गाेल गर्दा पाेर्चुगल ३-० ले अघि बढ्याे । ८२ औं मिनेटमा जाेटाले गाेल गर्दै टाेलीलाई ४-० काे फराकिलाे जित दिलाए ।

जितसँगै पाँच खेलमा १० अंक जाेडेकाे पाेर्चुगल शीर्ष स्थानमा रहँदा चेक रिपब्लिक समान खेलबाट चार अंकका साथ पुछारमा छ । लिगअन्तर्गतकै अन्य खेलमा साइप्रस र सर्वियाले पनि जित हात पारेका छन् ।

प्रतिकृया दिनुहोस्