×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

 

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको मूल्यमा आएको गिरावटका कारण नेपाली सुन बजारमा यसको प्रभाव परेको छ । शुक्रबार सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँ पुगेको छ । बिहीबार सुन ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन घटेर एक हजार सात सय ५० अमेरिकी डलर प्रति औंस कायम भएको छ । बिहीबार न्यूयोर्कमा सुनको मूल्य ०.४९ प्रतिशतले घटेर एक हजार सात सय ८६  प्रति औंस कायम भएको थियो ।

शुक्रबारसम्म आइपुग्दा सुन कीर्तिमानी उच्च मूल्यबाट १२ हजार तीन सय रुपैयाँ सस्तिसकेको छ । २०७७ साउन २१ मा सुन हालसम्मकै एक लाख एक हजार चार सय रुपैयाँको उच्च बिन्दुमा पुगेर कीर्तीमान कायम गरेको थियो ।
 

प्रतिकृया दिनुहोस्