×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

महाधिवेशनको प्रारम्भमा शेखर अपिल- गुट र गिरोह समाप्त गर्न सफलीभूत हुनुपर्नेछ

महाधिवेशनको प्रारम्भमा शेखर अपिल- गुट र गिरोह समाप्त गर्न सफलीभूत हुनुपर्नेछ

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनले गुट अन्त्यको सन्देश दिनुपर्ने बताएका छन् । महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुने दिन आज बिहान अपिल जारी गर्दै नेता कोइरालाले गुट र विभाजनको स्थायी चरित्र हटाउनुपर्ने बताएका हुन् ।

गुटकै कारण आम निर्वाचनमा कांग्रैस कम्युनिस्टभन्दा कमजोर हुन पुगेको उनको भनाई छ । ‘हामीले विगतमा पार्टीभित्र गुट र विभाजनको स्थायी चरित्रका रूपमा बसेको संस्कारलाई हटाउन सकेनौं,’ डा. कोइरालाले अपिलमा लेखेका छन्, ‘यही कारण आम निर्वाचनमा हामी कम्युनिस्टभन्दा कमजोर हुन पुगेका हौं ।’

उनले कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त १ नम्बरको पार्टी बनाउने जिम्मेवारी रहेको जनाएका छन् । ‘कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त १ नम्बरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ । त्यस्तै पार्टीभित्र नयाँ संस्कार र पद्धति निर्माणको लागि पर्खन हामीसँग समय छैन । उत्सवको रूपमा आएको चौधौं महाधिवेशनलाई हामी गुट र गिरोह समाप्त गर्न सफलीभूत हुनुपर्नेछ,’ उनले अगाडि भनेका छन् ।

हेर्नुहोस् अपिल :-

प्रतिकृया दिनुहोस्