×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१३ वर्षीया वालिका बलात्कार गर्ने तामाङलाई १९ वर्ष कैद

१३ वर्षीया वालिका बलात्कार गर्ने तामाङलाई १९ वर्ष कैद

काठमाडौं- जिल्ला अदालत दैलेखले १३ बर्षीया बालिका बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला सुनाएको छ । 

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलास मङ्गलवार १९ वर्ष कैद, पीडितलाई एक लाख क्षतिपूर्ति र पीडित राहत कोषमा २२ रुपियाँ तिर्नुपर्ने फैसला भएको जिल्ला अदालत दैलेखका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो । उहाँले १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा काभ्रे जिल्ला पाँचखाल नगरपालिका–६ हाक्से घर भई २६ वर्षीय सिबु तामाङलाई १९ वर्ष कैद सजायको फैसला गरेको जानकारी दिनुभयो । 

मध्य पहाडी राजमार्गको निर्माणाधीन सडकमा मजदुरी गर्ने आरोपित तामाङले आफ्नो डेरा नजिक ती बालिकालाई मोबाइलमा टिकटक देखाउने बहानामा २०७८ चैत १६ गते राति बलात्कार गरेको भनी पीडित पक्षले दिएको सूचनाको आधारमा प्रहरी राति नै गिरफ्तार गरेको थियो । घटना सम्बन्धमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय दैलेखले ०७९ वैशाख ६ गते दैलेख जिल्ला अदालतमा बलात्कार सम्बन्धी अभियोग पेस गरेको थियो ।

प्रतिकृया दिनुहोस्