×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

लुम्बिनी प्रदेशका तीन मन्त्रीकाे सांसद पद गुम्यो

लुम्बिनी प्रदेशका तीन मन्त्रीकाे सांसद पद गुम्यो

जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका लुम्बिनी प्रदेशमा तीन जनाको सांसद पद गुमेको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सूचना  निकालेर सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जनाएको हो ।

प्रदेश सभाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने जसपा (उपेन्द्र यादव पक्ष) को ह्वीपविपरीत नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेका कारण जसपा कार्यकारिणी समितिको बैठकले असार ३ गते उनीहरुलाई स्पष्टीकरण सोधेको थियो । उनीहरुले स्पष्टीकरण दिए पनि सरकारबाट फिर्ता हुन दिएको निर्देशन उल्लंघन गरेकाले कारबाही गरिएको जसपाले बताएको छ ।

 
 

 

जसपा लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभालाई कारबाहीका लागि पत्र लेखेका कारण उनीहरुलाई पदमुक्त गरिएको प्रदेश सभाले जनाएको छ । 

 

 
 

प्रतिकृया दिनुहोस्