काठमाडाैँ- सतारुढ दल नेपाली कांग्रेसले आफ्नो भातृ संगठन नेपाल बिद्यार्थी संघको नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेका बेला नेतृत्वका लागि धेरै युवा बिद्यार्थीहरुको आकाक्षा देखिन थालेको छ । कांग्रेसले फागुन मसान्तभित्र नेविसंघ लगायत अन्य भातृ संगठनको पनि तदर्थ समिति गठन गर्ने निर्णय गरेसगैँ आकाक्षीहरुको चर्चा सुरु भएको हो ।
नेविसंघको नेतृत्वका लागि युवा बिद्यार्थीहरु संजिव ढकाल, एलिजा ढकाल,गीता गुरुङ, डुजाङ शेर्पा, प्रेमबहादुर शाही, मनीषजंग थापा, हिमान्त भण्डारी, , मेघा शाही लगायतको नाम चर्चामा छ । युवा नेताहरुको उत्पादन गर्दै आएको काठमाडौँको रत्नराज्यलक्ष्मी क्याम्पसका ईकाई अध्यक्ष संजिव ढकाल एक यस्ता युवा नेता हुन् जसको नेविसंघको अध्यक्ष बन्ने निकै सम्भावना देखिएको छ ।
२०४७ साल असार १२ गते ईलाममा जन्मेका ढकालको राजनितीक यात्रा २०६२ सालमा प्याङ मा बि प्याङ इलामको इकाई अध्यक्ष बनेर सुरु भयो । उनि इलामको जिल्ला अधिबेसन प्रतिनिधि तथा ने बि सघ क्षे त्र न ३ सह सचिब पनि बने । ०६३ मा ने बि संघ आदर्स उच्च मा बि को उपाध्यक्ष , २०६५ साल देखि आर आर क्याम्पस मा ने बि संघको राजनिति गरेका ढकाल २०६७ मा आर आर क्यापस इकाइ सह सचिब बने । २०७१ मा नेपाल तरुण दल इलाम जिल्ला सदस्य हुदै हाल उनि नेपाल विद्यार्थी सघ आर आर क्यापस इकाइ अध्यक्ष र ने बि सघ इलाम काठमाडौ सम्पर्क समिती अध्यक्ष छन् । उनि १४ महाधिवेशनमा नेपाली काङ्ग्रेसका इलाम क्षेत्र न १ वाट महाधिबेसन प्रतिनिधि पनि हुन् ।ढकाललाई शेखर कोइराला। शसांक कोइराला लगायत कांग्रेसका महामन्त्रीद्धय गगन थापा र बिश्बप्रकाश शर्माको साथ मिलेकोले नेविसंघको नेतृत्वमा उनि आउने सम्भावना देखिएको छ । हरेक आन्दोलनमा अग्रमोर्चामा देखिने गरेका ढकालले नेविसंघको नेतृत्व सम्हाल्न आफू सक्षम र योग्य रहेको दाबी गर्दै आएका छन् ।
‘कांग्रेसलाई मुलुकमा पहिलो पार्टी बनाउन र गाउँ गाउँसम्म नेविसंघलाई सक्रिय बनाउन मेरो महत्वपूर्ण भूमिका रहन्छ । अब नेविसंघलाई यथास्थितिमा चलाउनु उचित हुँदैन । सबै तह, इकाइ र जिल्ला जिल्लामा सक्रिय र चलायमान बनाउनु जरुरी छ’, उनले भने ।