×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

लुम्बिनी प्रदेशसभा सचिवालयको कामकाज आजदेखि देउखुरीबाट

लुम्बिनी प्रदेशसभा सचिवालयको कामकाज आजदेखि देउखुरीबाट

काठमाडौं - लुम्बिनी प्रदेशसभा सचिवालयको कार्यसञ्चालन आजदेखि देउखुरीबाट गरिने भएको छ । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट कार्य सञ्चालन गर्न लागिएको हो ।

यसअघि, अस्थायी राजधानी बुटवलबाट कार्यसम्पादन हुँदै आएको थियो । “प्रदेशसभा सचिवालय, लुम्बिनी प्रदेशको कार्यसम्पादन हालसम्म मुकाम बुटवलबाट भई आएकोमा मिति २०७९ पुस ११ गतेदेखि लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट कार्यसञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्