काठमाडौं- स्थानीय तहको निर्वाचन पछि पहिलोपटक बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गरेर जाने निर्णय गरेको छ।
सोमबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गर्ने निर्णय गरेको हो।
यसका लागि पाँच दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेका थिए।