काठमाडौँ- बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ कार्तिक २६ गतेदेखि प्रसारण हुने भएको छ । यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टिभी एचडीमा प्रसारण हुनेछ । ‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन् । विश्वका ११३ देशमा सञ्चालन भइरहेको फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको हो ।
यस शोको कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन् । डिजिटल अडिसन पश्चात् यो शोको ‘ब्लाइन्ड अडिसन’को छायाङ्कन भइसकेको छ । ‘द भ्वाइस किड्स’लाई ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले नै निर्देशन गर्नेछन् ।