×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बलराम विश्वकर्मा दोस्रो शृङ्खलाको लोकस्टार बिजेता

बलराम विश्वकर्मा दोस्रो शृङ्खलाको लोकस्टार बिजेता

काठमाडौं- नेपाली गायन रियालिटी सो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको उापाधि बलराम विश्वकर्माले जितेका छन् । बुधबार राति सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला थिए ।  

विजेता बनेसँगै लोकस्टार विश्वकर्माले १५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गरे । विजेता विश्वकर्मालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ट्रफीसहित पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा साइँला फस्ट रनरअप अर्थात् उपविजेता घोषित भए । उनले ३ लाख नगदसहित पुरस्कार गरे । यस्तै, क्षेत्री सेकेण्ड रनरअप अर्थात् तेस्रो घोषित हुँदै २ लाखसहित अन्य पुरस्कार प्राप्त गरे ।

भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा महागुरुको रूपमा कुमार बस्नेत र गुरुको रूपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा रहेका थिए ।

प्रतिकृया दिनुहोस्