पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले अब एमाले चम्केर आउने दाबी गरेका छन् । शुक्रबार (आज) प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोध प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै नेता रायमाझीले यस्तो दाबी गरेका हुन् । ‘अब एमाले चम्केर आउँछ,’ नेता रायमाझीले भने, ‘शक्तिशाली बनेर आउँछ । अरु पार्टीहरु उँधो लाग्दै जान्छन् ।’
यस्तै नेता रायमाझीले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको कदमले लोकतन्त्र कमजोर भएको जिकिर गरेका छन् । ‘चलिरहेको संसद् स्थगित गरेर जुन खालको अध्यादेश आयो त्यसले लोकतन्त्रलाई कमजोर बनायो,’ नेता रायमाझीले भने, ‘एमाले फुटाउनैको लागि यस्तो गरियो ।’