काठमाडौं - एमाले युवा नेता एवं पूर्व मन्त्री महेश बस्नेतले प्रतिनिधि सभा सदस्य भक्तपुर क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गराएका छन्। बस्नेतसँंगै एमालेबाट क्षेत्र नं २ क बाट चन्दनकृष्ण श्रेष्ठ र क्षेत्र नं २ ख (सूर्यविनायक) बाट किरण थापाले उम्मेदवारी दर्ता गराएका छन्।
बिहान ११ बजे मध्यपुर थिमिको शंखधर चोकमा भेला भई नयाँं थिमिबाट पुरानो थिमि हुँंदै मध्यपुर थिमिको बोडे (कृषि विकास तालिम केन्द्र) स्थित क्षत्र नं २ निर्वाचन कार्यालयमा पुगेर बस्नेतले उम्मेदबारी दर्ता गराएका हुन्।
निर्वाचनमा उम्मेदवारी दिनका लागि कुनै बाजा लान पाइँंदैन। त्यही कारण बस्नेत दलबलसहित झाँंक्री लिएर गएका थिए। निर्वाचन आचारसंहिता अनुसार २५ जना भना भन्दा वढी भेला हुन पाइँंदैन तर निर्वाचन दर्तामा हुलै थियो।
उम्मेदवारी दर्ताका क्रममा सहभागीहरुले महेश वस्नेत जिन्दावादको नारा घन्काएका थिए। सिङ्गो भक्तपुरबासीका अभिभाबक, बिकाश प्रेमी नेता क. महेश बस्नेतको राजनितिक इतिहास लामो छ। गत निर्वाचनमा बिपक्षी प्रतिश्पर्धीलाई झण्दै दोब्बर मतले पराजित गरेर आफ्नो ५ बर्षे कार्याकाल सफलतापुर्वक पुरा गर्नु भएका बस्नेतले आज बिधिबत रुपमा आसन्न प्रतिनिधी सभा निर्वाचनका लागी आफ्नो उमेद्वारी दर्ता गराउनु भएको छ। उहाँले जहिले पनि भक्तपुरको बिकाशको लागी पार्टी भन्दा माथी उठेर आफ्नो भूमिका निर्वाह गरिराख्नु भयो। अब फेरी भक्तपुरबासीले आफ्नो अमुल्य मत मार्फत उहाँलाई अत्याधिक मतका साथ जिताउने बेला आएको छ। उहाँले धेरै बोल्नु पर्ने, प्रतिश्पर्धी सँग डराउनु पर्ने अवस्था नै छैन। सबै उहाँको बिगतको कार्याकालमा भक्तपुरमा भएको बिकाशले बोली राखेको छ।
अब पुन: आम भक्तपुरबासी मतदाताहरुले उहाँलाई सान्दार मतका साथ बिजयि गराइ बाँकी काम पुरा गर्ने मौका प्रदान गरिदिनु हुन अनुरोध गर्न चाहन्छौँ।
यो क्षेत्रमा काँग्रेस र एमालेको जितमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्टिय प्रजातन्त्र पार्टी निर्णायक हुने देखिन्छ।
तर नेपाल मजदुर किसान पार्टीेले जितकै लागि सिद्धान्तहिन एकता नगर्ने भन्दै आएकोले उसको आफ्नै छुटै उम्मेदवारी दिने निश्चित छ। यस हिसाबले राष्टिय प्रजातन्त्र पार्टीको समर्थन जता हुन्छ उसैको जित हुने विश्लेषण छ।
पछिल्लो प्रतिनिधिसभाको निर्वाचनमा भने एमालेकै महेश बस्नेत भारी मत अन्तरले विजयी भएका थिए। उक्त बेला काँग्रेसले पूर्व सभामुख दमननाथ ढुंगानालाई टिकट दिएको थियो। त्यसबेला टुरिष्ट उम्मेदवार उठाएको भन्दै काँग्रेसबाटै ठूलो आलोचना भएको थियो।