काठमाडौँ- आज तिहार पर्व अन्तर्गत यमपञ्चकको तेस्रो दिन गाई पूजा गरी मनाइँदै छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । हिन्दु धर्ममा गाईलाई लक्ष्मीको अवतारको रुपमा लिइन्छ।
गाईको दूध, गहुँत र गोबर पवित्र पवित्र मानिन्छ । आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ ।