×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बैंक/वित्त

सुपर लघुवित्तकाे सहयाेगले फलफुल पसलकी साहुनी बनीन् सृजनशिल सृजना दिदी

सुपर लघुवित्तकाे सहयाेगले फलफुल पसलकी साहुनी बनीन् सृजनशिल सृजना दिदी

घोराही उप–माहानगरपालिका को वार्ड नं. २.मा रहेको रामपुर बजार,सानो तर निकै ब्यस्त हुने त्यस बजारको चोकैमा छ अनुस्का फलफुल एण्ड किराना पसल । सधै हंसिलो अनुहारमा देखिने सृजना हतार–हतार सुन्तला पलास्टिक व्यागमा राख्दै हुनुहुन्थ्यो र भन्दै हुनुहुन्थ्यो ‘‘दिदि पैसा खुद्रा नै दिनुस है, समुह बैठक सुरु हुन पाँच मिनेट मात्र बाकि छ,ढिला भयो भने ५० रुपैया जरिवाना तिर्न लगाउछन् दिदि बहिनीहरुले ’’ । सुपर लघवित्त वित्तीय संस्था लि. घोराही शाखा कार्यालयका कर्मचारी शुस्मा चौधरी केन्द्र बैठक सन्चालन तथा कर्जा सदुपयोगीता गर्न जादा देखिएको एउटा दृश्य थियो यो ।

घोराही उप–माहानगरपालिका को वार्ड नं.२ रामपुर.गाउँ बस्ने सृजना कंवरले घर परिवार सबै संग सल्लाह गरी श्रीमानलाई विदेश पठाउनुभन्दा आप्ःनै केही व्यवसाय गरी अगाडी बढ्ने निधोगरी श्रीमानलाई समेत राजी गराउनुभयो, र सबैको सल्लाहमा बाईक सर्भिस सेन्टर खोल्ने निर्णयगरी आप्ःनो ब्यवसायीक यात्रा सुरु गर्नुभएको हो । सृजना बाईक सर्भिस सेन्टरको नाममा आप्ःनै लगानी बाट ब्यवसाय राम्रै चल्न थालेको थियो , ब्यवसायबाट बिस्तारै राम्रो आम्दानी हुन थालेपछि हौशिएकी सृजनालाई अब भने लगानीको अभावले सताउन थाल्यो ।

त्यसपछि गाउँकै एक जना दिदिको सल्लाह बमोजिम लघुवित्तले संन्चालन गरेको समुहमा आवद्ध हुनुभयो र कर्जा सापटि लिएर ब्यवसायमा थप लगानी गर्नुभयो र ब्यवसायलाई अघि बढाउनु भयो । सुरु–सुरुका दिनहरुमा सृजना बाईक सर्भिस बाट ब्यवसाय सुरु गरेकि सृजनाले बाईक सर्भिस सेन्टर श्रीमानलाई जिम्मा लगाएर थप नया ब्यवसाय सुरु गर्ने निधो गरी अनुस्का फलफुल एण्ड किराना पसलको सुरुवाट गर्नु भयो ।

अहिले सृजनाले बाईक सर्भिस सेन्टर र फलफुल एण्ड किराना गरी अहिले २ फरक फरक ब्यवसाय सन्चालन गरेर मनग्य आम्दानी गरीरहनु भएको छ । श्रीमान धनबहादुर कंवर लाई एक जना सहयोगी सहित मोटरसाईकल वर्कसप संचालन गर्न लगानु भएको छ भने आफुले फलफुल तथा किराना पसल सन्चालनमा ल्याउनु भएको छ । दुबै ब्यसायबाट मासिक ४० देखी ५० हजारसम्मको आम्दानी हुन्छ भनेर बताउने सृजनाले हाल सोहि ठाउमा घर समेत किनिसक्नुभएको छ ।

सुपर लघुवित्त वित्तिय संस्था लि. घोराही शाखा कार्यालय अन्तर्गत गठन भएको केन्द्र न .३८ शिवालय सुपर महिला केन्द्र को केन्द्र प्रमुख समेत रहनुभएकी सृजना ले छोटो समयमा निकै राम्रो प्रगति गरेको देखेर छर छिमेक पनि दंग छन् । सबै संग मिठो बोल्ने सृजना निकै ब्यवहारिक हुनुहुन्छ ।

सानो किसिमका कर्जाहरु केन्द्र बैठकमै लगानी हुने, कर्मचारी गाउँ घरमै आएर ऋणको किस्ताहरु लगिदिने ,बेला बेलामा ब्यवसायीक तालीमहरु समेत दिनुका साथै ऋण आवश्यक पर्दा छिटो पाईने भएको हुनाले आफुलाई अन्य बैंकहरु भन्दा लघुवित्त वित्तिय संस्थाबाटै ऋण चलाउन सहज लाग्ने भन्दै सृजनाले आफ्नो दुबै ब्यवसाय १० लाख जति लगानी रहेको र यसरी ब्यवसाय विस्तार गर्नमा सुपर लघुवित्त वित्तिय संस्थाबाट ठुलोसहयोग मिलेकोले ऋणको रकम सहि सदुपयोग गरी ब्यवसायका लाग्न समुहका अरु सदस्यहरुलाई समेत आफुले प्रेरित गर्ने गर्नभएको छ ।

प्रतिकृया दिनुहोस्