काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समयले साथ दिए यो पटक प्रधानमन्त्री भएर देश चलाउने इच्छा व्यक्त गरेका छन् । नेपाली कांग्रेस ओखलढुंगा काठमाडौं सम्पर्क समितिले बुधवार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले देभ चलाउँने डाइभर हुन आफू सक्षम रहेको बताउँदै आफू र सम्पुर्ण गठबन्धनका उम्मेरद्वारलाई भोट गर्न आग्रह समेत गरे ।
उनले भनेका छन् ‘ पाँच दलीय गठबन्धन बनाएर चुनावमा गइसकेपछि कम्तिमा ५ वर्ष मतदातालाई धोखा दिन हुँदैन् । समयले साथ दिए यो पटक म पनि प्रधानमन्त्री भएर देश चलाउने हो ।’
महामन्त्री थापाले भने ‘हामी एक ठाउँमा आउने स्थिति कसले बनायो जनतालाई बुझाउनुपर्छ । निर्वाचनअघि सँगै उभिएपछि ५ वर्षलाई मत मागेपछि ५ वर्ष मत हाल्ने मतदातालाई धोका दिन पाइँदैन,कसैको सनक,व्यक्तिगत आग्रह,महत्त्वाकाङ्क्षा पूरा भएन भनेर गठबन्धनभित्रका दलहरूलाई दायाँ बायाँ फर्किने हक छैन ’।
थापाले अब संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको र स्थानीय तहमा पनि दुई सरकार गठबन्धन दलहरुकै रहेकाले अब काम गरेर देखाउने चुनौती आएको बताए ।