×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पृथ्वी जयन्तीकाे दिन सार्वजनिक बिदा दिन राप्रपाकाे माग

पृथ्वी जयन्तीकाे दिन सार्वजनिक बिदा दिन राप्रपाकाे माग

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते मङ्गलवार पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीसँग माग गरेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज आइतवार भेटेर पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रूपमा मनाउन र पुस २७ गते सार्वजनिक बिदा दिन माग गरेको हो ।
यस्तै नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर राख्न पनि राप्रपाले माग गरेको छ । राष्ट्र एकीकरण गर्ने व्यक्तिलाई कुनै पनि वाद, विवाद र सिद्धान्तभन्दा माथि राखेर सम्मान गर्नुपर्ने राप्रपाले जनाएको छ ।
माग पूरा नभएमा देशव्यापी विरोध आयोजना गर्ने पनि राप्रपाले चेतावनी दिएको छ । 

प्रतिकृया दिनुहोस्