×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गठबन्धनका शीर्ष नेताको बैठक सकियो, के भयो छलफल ?

गठबन्धनका शीर्ष नेताको बैठक सकियो, के भयो छलफल ?

काठमाडौँ - सत्ता गठबन्धनका शीर्ष नेताको आजको बैठक पनि सीट बाँडफाँटविनै टुङ्गिएको छ । भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुङ्गिएको हो ।बैठकबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङमात्रै भएको बताए । 

‘हामीले तालमेलका बारेमा छलफल गर्‍यौँ । कार्यदलले तयार पारेको प्रतिवेदनका बारेमा त्यहाँ रिपोर्टिङ भयो’, उनले भने, ‘कार्यदलले केही कुरा मिलाएको छ, केही बाँकी छ । त्यस विषयमा भोलि फेरि बस्छौँ ।’

बिहान ८ बजे बस्ने बैठकले सीट बाँडफाँट टुङ्गो लगाउने आजको बैठकले निर्णय गरेको नेता खनालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्