×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजको मौसम : कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

काठमाडौं - आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ । यी दुई प्रदेश बाहेक अन्य क्षेत्रमा भने आज मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ ।
काठमाण्डौसहित आसपासका क्षेत्रमा दिउँसो घाम लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । तर, भोलि भने काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ ।
मौसमविद् नगरकोटीका अनुसार आज राति पश्चिमी क्षेत्रबाट पश्चिमी वायु बिस्तारै पूर्वतर्फ सर्नेछ । 
प्रदेश-१ र २ बाहेक अन्य प्रदेशमा यसको प्रभाव भोलि देखिने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।  
आज काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

प्रतिकृया दिनुहोस्