काठमाडौं - आज देशभर हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। सोमबार देशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेस प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।