काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनमा उपसभामुख नेपाली कांग्रेसले लिने सहमति भएको छ। झण्डै तीन वर्षदेखि खाली रहेको उपसभामुख कांग्रेसलाई दिने गरी सहमति भइसकेको नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
असार ३१ गते उपसभामुखको निर्वाचन हुने कार्यतालिका सार्वजनिक भइसकेको छ । २०७६ फागुनमा तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएयता सभामुख पद रिक्त थियो । सत्तारुढ दलमध्ये माओवादी केन्द्रले उम्मेदवारी दिन नै पाउने छैन ।
सभामुखमा अग्नि सापकोटा रहेका कारण पनि माओवादीले उपसभामुखमा उममेदवारी दिन पाउने छैन । उम्मेदवारी दिन पाउने दलहरुले पिन पुरुषलाई उम्मेदवार बनाउन पाउने छैन । यस्ताे अवस्थामा कांग्रेस महिलालाइ नै अघि सार्नुपर्छ । कांग्रेसमा पुष्पा भुसालले उपसभामुखमा चासो देखाएकी छिन् ।