×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नागरिकता विधेयक फिर्ता लिन भीम रावलको माग

नागरिकता विधेयक फिर्ता लिन भीम रावलको माग

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले नागरिकताको विषयलाई हेलचेक्रयाई र राजनीतिक खेल नबनाउन सरकारलाई आग्रह गरेका छन्। उनले नागरिकता सम्बन्धि पछिल्लो विधेयकले विदेशीलाई ढोका खोल्न लागेको भन्दै आपत्ति जनाउदै विधेयक फिर्ता लिन माग गरेसमेत गरेका छन्। बुधबारको संसदमा उनले देश अप्ठेरो अवस्थामा रहेको र चुनावमा जाँदै गरेको अवस्थामा जनसंख्याको राजनीतिबाट देशलाई असर पार्ने काम नगर्न विरोधको सुचना दिएको पनि बताए।

यस्तै अर्का सांसद शेरबहादुर तामाङले असमान ढंगले नागरिकता विधेयक आएको भन्दै नेपाली नागरिकले विवाह गर्ने विदेशीलाई वंशजको हक दिने हो भने नेपाली आमाका छोरीहरूले पनि पाउनुपर्ने व्यवस्था गर्न माग गरे।

‘जन्मसिद्ध नागरिकले नागरिकता पाउने कुरालाई विधेयकमा स्पस्ट पारिएकै छैन। थोकमा हिसाव गरिरहेका छौ। ७२ असोज ३ भनेर राखिएको छ। के नागरिकता भन्ने कुरा टेण्डर हो ?’, तामाङको प्रश्न छ।

उनले नेपालमा जन्मेका विशेषगरी ब्रिटिस र सिंगापुरमा काम गर्न गएकाहरूका सन्तानको नागरिकता पाउने सुनिश्चितता किन गर्न सकिएन भनेर प्रश्न गरे।

प्रतिकृया दिनुहोस्