काठमाडाैँ- पाँचदलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलकाे नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेकाे छ । मंगलबार बिहान प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा बसेकाे सत्ता गठबन्धनकाे बैठकले नेता पाैडेलकाे नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेकाे हाे । याे समितिले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर काम गर्ने नेताहरूले बताएका छन् ।
यस्तै बैठकमा प्रधान मन्त्री शेरबहादुर देउवाले आफ्नाे भारत भ्रमणबारे ब्रिफिङ्ग गरेका थिए । समग्रमा भ्रमण सफल भएकाे निष्कर्ष निकालेकाे थियाे । माओवादी केन्द्रकाे सचिवालयले भनेकाे छ— ‘बैठकले समग्रमा प्रधान मन्त्रीकाे भारत भ्रमण सफल भएकाे निष्कर्ष निकाल्याे ।’
यस्तै बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यानमा राख्दै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसङ्ग एक बृहत् अन्तरक्रिया आयाेजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय गरेकाे छ ।