×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नवनियुक्त प्रधानमन्त्री देउवासहितका नेता शीतल निवासमा, विज्ञप्ति सच्याउन आग्रह

नवनियुक्त प्रधानमन्त्री देउवासहितका नेता शीतल निवासमा, विज्ञप्ति सच्याउन आग्रह

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरू राष्ट्रपति कार्यालय पुगेका छन् ।

देउवासहित पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत नेता सपथ ग्रहण समारोहमा भाग लिन शीतल निवास पुगेका हुन् ।

उनीहरूले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयको विज्ञप्ति सच्याउन आग्रह गरेका छन् । स्रोतका अनुसार विज्ञप्ति सच्याउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरिएको छ ।

राष्ट्रपति कार्यालयले अपराह्न ४ बजे जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ (५) उल्लेख नगरी सर्वोच्च अदालतको परमादेशअनुसार नियुक्त गरिएको बेहोरा उल्लेख छ । उक्त विज्ञप्तिको चौतर्फी आलोचना भइरहेको छ ।

देउवा, प्रचण्ड र नेपालसहितका नेताहरूले विज्ञप्ति सच्याउन आग्रह गरेका हुन् ।
 

प्रतिकृया दिनुहोस्