×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

इपीएल: प्रदीप चम्किएपछि भैरहावाको शानदार जित,चितवन ६ विकेटले पराजित

इपीएल:  प्रदीप चम्किएपछि भैरहावाको शानदार जित,चितवन ६ विकेटले पराजित

काठमाडौं - एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । यो चितवनको पहिलो हार हो । चितवनले दिएको १५६ रनको चुनौती भैरहवाले १७.५ ओभर खेल्दै ४ विकेट गुमाएर भेटाएको हो । भैरहवाका प्रदीप ऐरीले ४३ बलमा ८ चौका र तीन छक्का हान्दै सर्बाधिक ७२ रन बनाए । त्यस्तै तमिनइक्वालले ४० रन बनाए । उपुल थाराङ्गाले नटआउट ३९ रनको योगदान गरे भने रोहित फौडेलले ६, आरिफ शेख र कुशल मल्लले एक/एक रन जोडे ।

चितवनका करिम जनतले दुई र सागर ढकाल र भीम सार्कीले एक/एक विकेट लिए । पहिले ब्याटिङ् गरेको चितवनका करिम जनतले ३५,  मोहम्मद साहजादले ३२, सिक्कुगे प्रशन्नाले २४, राजेश पुलामीले १४, दिलीप नाथले १३, कमल ऐरीले ७, देव खनालले ५ र खड्क बोहोराले एक रन बनाएका थिए । भैरहवाका अविनाश बोहोराले तीन, कुशल मल्लले दुई र धम्मिका प्रसाद, दुर्गेश गुप्ता  र कृष्ण कार्कीले एक/एक विकेट लिए ।

प्रतिकृया दिनुहोस्