×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चलचित्र क्षेत्रलाई विद्युत शुल्क छुट, इजाजत तथा नवीकरण शुल्क पनि नलाग्ने

चलचित्र क्षेत्रलाई विद्युत शुल्क छुट, इजाजत तथा नवीकरण शुल्क पनि नलाग्ने

काठमाडौँ-सरकारले आर्थिक वर्ष २०७८र७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नविकरण दस्तुरमा छुट दिने भएको छ। अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८ र ७९ बजेट भाषणमा उत्पादनमुलक उद्योगहरूलाई उक्त छुट दिने बताए। चलिचत्रसँगै हस्तकला, हवाइ सेवा, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्यूटी पार्लरले पनि इजाजत दस्तुर तिर्नु पर्ने छैन। उक्त उद्योगहरू स्वतस् नविकरण हुनेछन्।

कोभिड-१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक वृद्धीको लक्ष्य हासिल गर्न चलचित्र र होटल उद्योगलाई बिद्युत खपतमा समेत डिमान्ड शूल्क छुट दिन लागेको हो । कोभिड-१९ महामारीका कारण चलचित्र क्षेत्र ठप्प बनेको छ। पहिलो र दोश्रो चरणको कोरोनाको महामारीका कारण चलचित्र क्षेत्र ठूलो समस्यामा परेको छ ।

प्रदर्शकहरुले लकडाउन र निषेधाज्ञाको समयमा लाग्ने विद्युत डिमाण्ड शुल्क मिनाहा गर्न सरकारसँग माग गर्दै आएका थिए ।
 

प्रतिकृया दिनुहोस्