×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादी आन्दाेलनकाे पतन भयाे, प्रचण्ड कांग्रेसकाे अभिष्ट पूरा गर्नतर्फ लागे : महासचिव पाेखरेल

माओवादी आन्दाेलनकाे पतन भयाे, प्रचण्ड कांग्रेसकाे अभिष्ट पूरा गर्नतर्फ लागे : महासचिव पाेखरेल

काठमाडाैँ- नेकपा एमालेका महासचिव शंकर पाेखरेलले माओवादी आन्दाेलन पतन भएकाे टिप्पणी गरेका छन् । शनिवार अनेरास्ववियुकाे सम्मेलनलाई सम्बाेधन गर्दै महासचिव पाेखरेलले भनेका छन्, ‘नेपालमा माओवादी आन्दाेलनकाे पतन भयाे । हिजाे जे भनेकाे थियाे माओवादीले; अहिले पूरै माेडियाे । यस अर्थमा माओवादी आन्दाेलनकाे पतन भयाे ।’ 

माओवादीकाे नेतृत्व प्रचण्ड नेपाली कांग्रेसकाे अभिष्ट पूरा गर्नतर्फ लागेकाे महासचिव पाेखरेलकाे भनाइ छ । ‘प्रचण्डले हिजाे १७ हजारकाे बली चढाए । त्यसकाे हिसाबकिताब छैन । तर, उहाँचाहिँ कांग्रेकाे अभिष्ट पूरा गर्नतर्फ लाग्नुभएकाे छ । यसैले पनि माओवादी आन्दाेलन पतन भयाे ।’

यस्तै उनले माधवकुमार नेपाल नेतृत्वकाे एकीकृत समाजवादीकाे पनि कटाक्ष गरेका छन् । एमाले फुटाएर एकीकृत समाजवादी बनाएका नेपालमाथि एमाले नेताहरूले कटाक्ष गर्दै आएका छन् । महासचिव पाेखरेलले भनेका छन्, ‘माधव नेपालहरू कम्युनिष्ट आन्दाेलनमा भिज्न कहिल्यै सकेनन् ।’

प्रतिकृया दिनुहोस्