×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित

काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित

काठमाडौं - काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । उनले २ हजार ९०२ मत पाउँदै उनी विजयी भइन् ।

स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन ।  दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे । त्यस्तै २ हजार २ सय १४ मतसहित कांग्रेसका देवेन्द्र पाठक तेस्रो स्थानमा रहे । नेकपा एकीकृत समाजवादी का मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्यामकृष्ण श्रेष्ठले ७ सय ७४ मत पाए । काठमाडौं-१६ मा १० हजार ५ सय ५८ मत खसेको थियो भने १ सय ८० मत बदर भएको छ ।  

२०७९ को स्थानीय चुनावमा कांग्रेसबाट वडाध्यक्षमा विजयी मुकुन्द रिजालको मृत्यु भएपछि काठमाडौं-१६ मा उपनिर्वाचन भएको हो । ०७९ को निर्वाचनमा रिजाल ४ हजार १८ मतसहित विजयी भएका थिए । त्यस्तै एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार १ सय १० मत ल्याएका थिए ।

प्रतिकृया दिनुहोस्