×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आरजु राणाविरूद्ध निर्वाचन आयोगमा उजुरी

आरजु राणाविरूद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी नेतृ आरजुविरुद्ध आयोगमा उजुरी परेको हो । 

उनले बिहीबार ‘कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने’ भन्दै दिएको अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै हरिशप्रसाद अवस्थी नामका मतदाताले उजुरी दिएका हुन् । आरजुले गृहजिल्ला डडेल्धुरामा आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने बताएकी थिइन् ।

निश्चित दलको मेयर भएको ठाउँमा मात्र राज्यको स्रोत उपलब्ध गराउने कुरा अन्यायपूर्ण हुने उजुरीमा उल्लेख छ । राणाको उक्त अभिव्यक्ति निर्वाचन आरसंहिताविपरीत रहेको भन्दै उनलाई सो विषयमा स्पष्टीकरण सोधी कानुनअनुसार कारबाही गर्न उजुरीमार्फत माग गरिएको छ ।

डडेल्धुरामा कांग्रेसभित्रको अन्तर्विरोध गहिरिँदो छ । त्यहाँ नेपाली कांग्रेस र नेपाली कांग्रेस (बिपी) का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस्