×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

जीवनशैली

पिनास के हो ? कारण, लक्षण र यस्ता छन् बच्ने उपायहरु

पिनास के हो ? कारण, लक्षण र यस्ता छन् बच्ने उपायहरु

काठमाडौं -  पिनास नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वास प्रश्वासमा बाधा पुर्‍याउने एक किसिमको रोग हो । जसलाई ‘साइनोसाइटिस’ भनिन्छ ।

साइनोसाइटिस साइनस (sinus) हरुको इन्फ्लामेसन (जलन) हो । साइनस भन्नाले टाउको र अनुहारको हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन्, जो साना–साना प्वालहरु, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । जब कुनै व्यक्तिलाई रुघा तथा एलर्जी हुन्छ, अनि यी साइनसमा सिँगान भन्ने तरल पदार्थ भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरु सुन्निछ । जहाँ ब्याक्टेरिया एवं भाइरस विकसित भई पिनास भन्ने रोग उत्पन्न हुन्छ ।

पिनासबाट कसरी बच्ने 

  • प्रशस्त पानी पिउने 
  • धूलो धुवाँबाट बच्ने 
  • रुघा लागेपछि यसको नजरअन्दाज नगर्ने, तातोपानीको बाफ लिने 
  • सकेसम्म चिसोबाट जोगिने 
  • एलर्जीको समस्या छ भने एलर्जी हुने खानपानबाट बच्ने 

लक्षणहरु

  • सामान्यतया बच्चाहरुमा रुघा लाग्नु, नाकबाट सिंगान बगिरहनु,ज्वरो आउनु 
  • बयस्कहरुमा सुख्खा खोकी लाग्नु, रुघा लागेको जस्तो हुने, पेटमा समस्या, कान दुख्ने आदि 
  • आँखा सुन्निने 
  • सुँघ्ने शक्तिमा कमि आउनु 
  • आधा कपाल दुख्नु 
  • टाउको भारी हुने, अघिल्लो निधार दुख्ने 
  • घाँटी खासखास हुने 

बच्ने उपायहरु

  • धुवाँ, धुलो पिनासको कारण हो । त्यसैले धुँवा–धुलोमा हिँड्दा निकै सचेत हुने ।
  • जंकफुडले समेत पिनास बढाउने भएकाले यस्ता खाद्यपदार्थबाट टाढै रहने ।
  • सामान्यतया चिसोको कारण पिनास हुने भएकाले  सकेसम्म चिसोबाट बच्ने।

विभिन्न कारणले नाकमा एलर्जी हुने गर्छ । त्यसबारे सचेत नभए वा बेवास्ता गरेपछि संक्रमण भएर पिनास हुन्छ ।

पिनासबाट बच्नका लागि प्रशस्त मात्रामा झोलिलो पदार्थको प्रयोगलाई बढाउनुका साथै न्यानो कपडा लगाउन आवश्यक हुन्छ ।

प्रतिकृया दिनुहोस्