×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रदेश १ : नामकरणबारे एमालेको सहजीकरण समितिले डा. कोइरालालाई भेट्यो

प्रदेश १ : नामकरणबारे एमालेको सहजीकरण समितिले डा. कोइरालालाई भेट्यो

विराटनगर- नेकपा एमाले प्रदेश १ संसदीय दलको नाम सहजीकरण समितिले डा शेखर कोइरालालाई भेटेको छ । प्रदेश १ को नामकरणको बारेमा नेपाली कांग्रेसले सहयोग गर्नु पर्ने र यसै अधिवेशनबाट नाम टुङ्गो लगाउने बारेमा सहजीकरण भूमिका खेल्न नेकपा एमालेको सहजीकरण समितिले कोइरालासँग आग्रह गरेको थियो ।

नेकपा एमाले नामकरण सहजीकरण समितिको संयोजक हिक्मतकुमार कार्कीको नेतृत्वमा गएको टोलीमा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य जीवन घिमिरेले कोइरालालाई भेटेका थिए ।

भेटको क्रममा डा शेखर कोइरालाले सहमतिको आधारमा यसै अधिवेशनबाट नाम टुङ्गो लगाउने बारेमा आफूले भूमिका खेल्ने बताएको बैठकमा सहभागी नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक राभण्डारीले जानकारी दिए । ‘नामको विषय यसै अधिवेशनबाट टुङ्गो लगाउने कुरा भएको छ,’ प्रमुख सचेतक  राजभण्डारीले भने, ‘उहाँले नेपाली कांग्रेस भित्र छलफल र सहजीकरण गर्ने भन्नुभएको छ ।’

 

नेकपा एमालेको सहजीकरण समितिले यस अघि नेपाली कांग्रेस संसदीय दलका नेता, प्रमुख सचेतकसँग छलफल गरिसकेको छ ।त्यस्तै सरकारले नामकरणको सहजीकरणको लागि जिम्मेवारी दिइएको स्वास्थ्यमन्त्री तथा जसपाका संसदीय दलका नेता जयराम यादवसँग पनि एमालेको सहजीकरण समितिले छलफल गरेर नाम यसै अधिवेशनबाट ल्याउने बारेमा छलफल अघि बढाउने बारेमा छलफल गरेको थियो ।

प्रदेश १ सभामा बजेटमाथिका छलफल आजदेखि शुरु हुने छ । बजेटमाथिको छलफल सकिए लगत्तै प्रदेश १ मा नामकरणको विषयले प्रवेश पाउनसक्ने देखिएको छ।

प्रतिकृया दिनुहोस्