×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रहरी हिरासतमा रहेका सिरोहिया किन भए अस्पताल भर्ना ?

प्रहरी हिरासतमा रहेका सिरोहिया किन भए अस्पताल भर्ना ?

काठमाडौं - नागरिकतासम्बन्धी मुद्दामा थुानामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि सिरोहियालाई शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो तर त्यहाँ परीक्षणको लागि आवस्यक उपकरण नभएपछि राति काव्या अस्पतालमा भर्ना गरिएको छ । सहज बसाइकै लागि उनी उक्त अस्पतालमा भर्ना भएको धेरैको दाबी छ ।

उनले आफूलाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायतका समस्या भोगिरहेका र अहिले  टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएको प्रशासनसँग दाबी गरेका छन् ।  सिरोहियाको पछिल्लो अवस्था  रिपोर्ट प्राप्त भएपछि मात्र भन्न सकिने चिकित्सकहरूले बताएका छन् ।

धनुषा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि मंगलवार सिरोहियालाई काठमाडौँस्थित कान्तिपुर मिडिया ग्रुपकै कार्यालयबाट पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहोस्