×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अति रोमाञ्चक खेलमा भिल्ला रियल च्याम्पियन

अति रोमाञ्चक खेलमा भिल्ला रियल च्याम्पियन

स्पेनको क्लब भिल्ला रियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको अति नै रोमाञ्चक खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई सडन डेथमा ११–१० ले हराउँदै भिल्ला च्याम्पियन बनेको हो । भिल्ला रियल पहिलोपटक युरोपा लिगको उपाधि जितेको हो ।

पोल्याण्डको पोल्साट एरिनामा भएको रोमान्चक खेलको निर्धारित र थप गरिएको समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको हो ।२९ औ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लालाई अग्रता दिलाएको खेलको ५५ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै म्यान्चेस्टरलाई बराबरीमा पुर्याएका थिए ।  पेनाल्टी सुटआउट अति नै रोमान्चक बनेको थियो ।

खेलको निर्णयका लागि २२ जनाले पेनाल्टी प्रहार गरेकोमा युनाईटेडका गोलकिपर डेभिड डी जियाबाहेक सबैले गोल गरे । उनको प्रहार भने भिल्लाका गोलकिपर रुलीले बचाए । यससँगै भिल्ला रियल पहिलोपटक युरोपा लिगको च्याम्पियन बन्न सक्यो । युनाईटेडले २०१७ मा युरोपा लिगको उपाधि जितेको थियो । एजेन्सी 

प्रतिकृया दिनुहोस्