×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘ब्यूटी विथ द प्रपोज’को उत्कृष्ट १० मा नेपाल

‘ब्यूटी विथ द प्रपोज’को उत्कृष्ट १० मा नेपाल

काठमाडौँ-  मिस नेपाल नम्रता श्रेष्ठ मिस वर्ल्डमा ‘ब्यूटी विथ द प्रपोज’को उत्कृष्ट दशमा परेकी छन् । यसले उनलाई मिस वर्ल्डको यात्रामा अगाडि बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । उनले ५० लाख रुपैयाँ जम्मा गरेर एक झोलुङ्गे पुल बनाएकी छन् । त्यस्तै, मिस चेक रिपब्लिकले अनाथ बालबालिकाको विषयमा प्रोजेक्ट निर्माण गरेकी छन् भने मिस इंग्ल्यान्डको प्रोजेक्ट महिला र बालबालिकाको हिंसा र दुर्व्यवहारबाट मुक्त भएर बाच्न पाउने विषयको रहेको छ । मिस इन्डियाले बालविवाहविरुद्धको प्रोजेक्ट तयार गरेकी छन् । यस प्रकारको कुरीति रोक्नका लागि उनले गाडीको व्यवस्था गरिदिँदै आएकी छन् ।

मिस केन्याले मानसिक स्वास्थ्यको विषयमा काम गरेकी छन् भने मानिसलाई वर्षौँसम्म बहुलाएको भनेर साङ्लोले बाँधेर राख्ने गरिएकोमा उनले यस विषयमा जनचेतना फैलाउने काम गरेकी छन् ।

मिस मडाकास्टरले उनी हुर्किएको स्थानमा जुम्ल्याहा जन्मिनुलाई अशुभ मानिनेमा यस विषयमा जनचेतना फैलाउने काम गरिरहेकी छन् । उक्त स्थानमा जुम्ल्याहा सन्तान एकै छानामुनि बस्न नहुने प्रचलन रहेको छ । मिस फिलिपिन्स एक्लो आमाले हुर्काएकी सन्तान हुन् । तर‚ उनले कलिलै उमेरमा आमालाई पनि गुमाइन् । त्यसैले उनले एकल बाबुआमाका लागि तालिम दिने र जीवन उपयोगी सीप सिकाउने काम गरिरहेकी छन् । मिस साउथ अफ्रिकाको प्रोजेक्ट मानसिक स्वास्थ्यको विषयमा नै छ । सानो उमेरमा ‘बुली’को सिकार भएकी उनले एक पुस्तक नै तयार गरेकी छन् ।

मिस श्रीलङ्काले वातावरण प्रदूषणको विषयमा प्रोजेक्ट तयार गरेकी छन् । यसमा पनि प्लास्टिकको कम प्रयोगको विषयमा उनले काम गरेकी छन् । सानोमा बालुवामा खेलेको अनुभव भए पनि अहिले सबैतिर प्लास्टिक नै प्लास्टिक भएकोमा उनी असन्तुष्ट छिन् । मिस अमेरिकाले मुटुको समस्याका कारण देखिने समस्याको विषयमा सचेतना फैलाउने काम गरेकी छन् । उनी स्वयम् पनि मुटु रोगी रहेकी छन् ।

प्रतिकृया दिनुहोस्