बुढीगंगा वडा न. २ मा एमालेका भण्डारी विजयी
असार २५, २०७९धनगढी - बाजुराको बुढीगंगा नगरपालिकाको वडा नम्बर २ मा पनि एमाले उम्मेदवार विजयी भएका छन् । फराकिलो मतान्तरसहित एमाले उम्मेदवार पदम भण्डारी विजयी भएका हुन् । उनले ८३८ मत ल्याउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नर बहादुर थापाले २३५ मतमात्रै प्राप्त गरेका थिए । यसअघि वडा नं १, ९ र १० मा पनि एमाले विजयी भएका छन् ।
सबै पढ्नुहोस