सभामुख चयनका लागि उम्मेदवारी दर्ता आज
माघ ४, २०७९काठमाडौं - प्रतिनिधि सभाका सभामुख चयनको लागि सङ्घीय संसद् सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ। महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गर्नुभएको हो। प्रकाशित कार्यतालिका अनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ।
सबै पढ्नुहोस