एसीसी यू-१६ इस्ट जोन क्रिकेट : मलेसियाविरुद्द नेपालको राम्रो सुरुवात
असार १९, २०८०काठमाडौं- नेपालले एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध राम्रो ब्याटिङ प्रदर्शन गरेको छ । बायोमास ओभल मैदानमा नेपालले सुरुवाती १६ ओभर सकिदा २ विकेट गुमाउँदै ९९ रन बनाएको छ । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । नेपालले प्रतिक पोखरेलको स्थानमा सागर गैरेलाई मौका दिएको छ । टोलीमा अन्य कुनैपनि खेलाडी परिवर्तन गरेको छैन ।
सबै पढ्नुहोस