सरकारले इन्धन खरिदको लागि आयल निगमलाई ४ अर्ब २५ करोड दिने
फाल्गुण २५, २०७८काठमाडौं - सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि थप रकम उपलब्ध गराउने भएको छ । मूल्य स्थिरीकरण कोषको बैठकले निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) लाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ता बापतका नपुग ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब २ अर्ब ५० करोड घाटा रहेको निगमले जनाएको छ । &n
सबै पढ्नुहोस