काठमाडौँ- पुस २ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘चपली हाइट ३’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ । निर्माता अर्जुन कुमारले प्रेस विज्ञप्ति जारी गर्दै चलचित्रको प्रदर्शन मिति परिवर्तन भएको जानकारी दिएका हुन् । उनले जारी गरेको वियाप्तिमा चलचित्र आगामी पुस १५ गतेबाट प्रदर्शनमा आउने उल्लेख गरिएको छ ।
निकेश खड्काको निर्देशन रहेको चलचित्र क्राइम थ्रिलर जनरामा निर्माण भएको हो । स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रमा दीपा श्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलाको समेतको अभिनय देख्न सकिन्छ ।