×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसईईको नतिजा आजै आउन सक्ने, अन्तिम निर्णयका लागि बोर्ड बैठक बस्दै

एसईईको नतिजा आजै आउन सक्ने, अन्तिम निर्णयका लागि बोर्ड बैठक बस्दै

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजालाई अन्तिम रूप दिएर प्रकाशनको निर्णय गर्न आज (बिहीबार) बैठक बोलाएको छ।

परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार नतिजाको तयारी अन्तिम चरणमा पुगेकाले प्रकाशनको निर्णय गर्न बोर्ड बैठक बस्न लागेको हो। ‘हामी नतिजाको अन्तिम चरणमा छौँ, प्रकाशनको निर्णयका लागि बोर्ड बैठकले निर्णय गर्नुपर्छ। सम्भवतः आजै बैठक बस्छ,’ उनले भने।

यसैगरी, सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजाबारे छलफल गर्न आज बैठक बस्ने तर समय भने तय भइनसकेको बताए।

बोर्ड बैठकले निर्णय गरेमा नतिजा आजै साँझसम्म वा भोलिसम्ममा सार्वजनिक हुन सक्ने सम्भावना छ।

यस वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ जना विद्यार्थी सहभागी थिए।

प्रतिकृया दिनुहोस्