×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा शुभकामना दिन निर्मल निवास खुल्ला

पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा शुभकामना दिन निर्मल निवास खुल्ला

काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७९औँ जन्मोत्सवको अवसरमा सर्वसाधारण तथा शुभेच्छुकहरूलाई भेट्ने भएका छन्।

उनको संवाद सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै यही असार २३ गते उनको जन्मोत्सव मनाइने जानकारी दिएको हो।

विज्ञप्तिअनुसार, जन्मोत्सवको शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि पूर्वराजा शाहले आफ्नो निजी निवास निर्मल निवास खुला गर्नेछन्।

असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले निर्मल निवास पुगेर शुभकामना दिन सक्नेछन्।

May be an image of text

प्रतिकृया दिनुहोस्